२०८१ फागुन ११ गते आईतबारबाट शुभारम्मभ भई शिवपुरी गाउँपालिका रोजगार सेवा केन्द्रबाट सञ्चालमा रहेको कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उयोगी तालिममाको आज ९ दिन पुरा भएको छ । ४० जनालाई ५० दिनको तालिममा रहेको सिकर्मी र डकर्मी दुबै समुह बिभाजन पुरा भई प्रशिक्षार्थीहरु उत्साहित र हौसलापूर्ण रुपमा तालिममा सहभागी रहेको देखिन्छ । शिवपुरी गाउँपालिकामा प्रचुर मात्रामा रहेको उच्च गुणस्तरका ढुङ्गा तथा काठहरुको सदुपयोगमा यो सीपमुलक तालिम कोषेढुङ्गा साबित हुने आशा रहेको छ । आधारभुत तालिम पश्चात सीप परिक्षण, प्रशिक्षार्थीहरु संगको निरन्तर संयोजन र दोस्रो चरणमा Advance level तालिम समेत प्रदान गर्न सके शिवपुरीलाई आवश्यक जनशक्ति उत्पादन र स्वरोजगारी सृजानामा ठूलो सफलता हात पर्न सक्ने भनाई तालिम प्रदायकहरुबाट प्राप्त भएको छ । तालिममा सहभागीहरु तालिमबाट आवश्यक सीप हासिल गरि स्वरोजगार हुने कुरामा आशावादी रहेको देखिन्छ ।
No comments:
Post a Comment
comment here