निःशूल्क बृहत आँखा शिविर संचालन सम्वन्धि जरुरी सूचना
यहि २०८१ साल फागुन महिनाको १८ गते देखि २१ गतेसम्म तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौ, जिल्ला सामुदायीक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको आयोजना र शिवपुरी गाउँपालिकाको संयोजकत्वमा निःशूल्क “बृहत आँखा शिविर” संचालन गरिने भएकोले आँखाका सम्पूर्ण विरामीहरुले आँखाको जाँच गराई भरपुर सेवा लिनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति तथा स्थानहरु यसप्रकार रहेका छन
फागुन १८ गते थानापती स्वास्थ्य चौकी, शिवपुरी ८
फागुन १९ गते सुनखानी स्वास्थ्य चौकी, शिवपुरी ७
फागुन २० गते शिवपुरी आधारभुत अस्पताल, शिवपुरी ५
फागुन २१ गते शिवालय आधारभुत विद्यालय, शिवपुरी १
उपलब्ध हुने सेवाहरु
निःशूल्क आँखा परिक्षण तथा परामर्श, निःशूल्क आँखा सम्वन्धि औषधि वितरण, सहुलियत दरमा चस्मा वितरण तथा शिविरमा छनौट गरिएका मोतियाविन्दु भएका विरामीहरुलाई २०८१ फागुन २६ र २७ गते नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा नुवाकोटको भवनमा निःशूल्क अपरेशन सेवा प्रदान गरिनेछ
थप जानकारीको लागि जिल्ला सामुदायीक आँखा केन्द्र, नुवाकोट फोन नम्बर ०१०५६०२५७
बद्रिनाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत
शिवपुरी गाउँपालिका
No comments:
Post a Comment
comment here