Thursday, 13 February 2025

निःशूल्क बृहत आँखा शिविर संचालन सम्वन्धि जरुरी सूचना

निःशूल्क बृहत आँखा शिविर संचालन सम्वन्धि जरुरी सूचना

यहि २०८१ साल फागुन महिनाको १८ गते देखि २१ गतेसम्म तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौ, जिल्ला सामुदायीक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको आयोजना र शिवपुरी गाउँपालिकाको संयोजकत्वमा निःशूल्क “बृहत आँखा शिविर” संचालन गरिने भएकोले आँखाका सम्पूर्ण विरामीहरुले आँखाको जाँच गराई भरपुर सेवा लिनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

मिति तथा  स्थानहरु यसप्रकार रहेका छन

फागुन १८ गते थानापती स्वास्थ्य चौकी, शिवपुरी ८

फागुन १९ गते सुनखानी स्वास्थ्य चौकी, शिवपुरी ७

फागुन २० गते शिवपुरी आधारभुत अस्पताल, शिवपुरी ५

फागुन २१ गते शिवालय आधारभुत विद्यालय, शिवपुरी १

उपलब्ध हुने सेवाहरु

निःशूल्क आँखा परिक्षण तथा परामर्श, निःशूल्क आँखा सम्वन्धि औषधि वितरण, सहुलियत दरमा चस्मा वितरण तथा शिविरमा छनौट गरिएका मोतियाविन्दु भएका विरामीहरुलाई २०८१ फागुन २६ र २७ गते नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा नुवाकोटको भवनमा निःशूल्क अपरेशन सेवा प्रदान गरिनेछ

थप जानकारीको लागि जिल्ला सामुदायीक आँखा केन्द्र, नुवाकोट फोन नम्बर ०१०५६०२५७

बद्रिनाथ लम्साल

प्रमुख प्रशासकीय अधिकृत

शिवपुरी गाउँपालिका


Tuesday, 11 February 2025

न्यूनतम रोजगारीको लागि बेरोजगार ब्यक्त्तिहरुले आवेदन फारम भर्ने सम्बन्धि सूचना

 

न्यूनतम रोजगारीको लागि बेरोजगार  ब्यक्त्तिहरुले आवेदन  फारम भर्ने सम्बन्धि सूचना

 

    यस गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रबाट प्रदान गरिने रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न इच्छुक सामाजिक र आर्थिक अवसरबाट बञ्चित विपन्न बर्गका महिला, आदिवासी, जनजाति, दलित तथा अन्य सिमान्तकृत समुदायका बेरोजगार व्यक्तिहरुले आफु स्थाई बसोवास गरेको वडा कार्यालयमा गई २०८१ साल फागुन मसान्त सम्ममा फारम भर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

आवश्यक कागजपत्रहरु : 

नेपाली नागरीकता प्रमाणपत्रको प्रतिलिपी १ प्रति 

पासपोर्ट साइजको फोटो १ प्रति  

नेपाली नागरिकता जारी भएको जिल्ला फरक भएमा बसाई सराई प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा समाबेश गर्नु पर्नेछ ।

हाल बेरोजगार सूचीमा सूचीकृत बेरोजगार ब्यक्तिहरुले पनि नविकरणको लागि फारम भर्नुहुन अनुरोध छ।

                                                                                

 

बद्रीनाथ लम्साल 

प्रमुख प्रशासकीय अधिकृत

शिवपुरी गाउँपालिका

शेराबगर, नुवाकोट