Sunday, 2 March 2025

कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उयोगी तालिम

 २०८१ फागुन ११ गते आईतबारबाट शुभारम्मभ भई शिवपुरी गाउँपालिका रोजगार सेवा केन्द्रबाट सञ्चालमा रहेको कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उयोगी तालिममाको आज ९ दिन पुरा भएको छ । ४० जनालाई ५० दिनको तालिममा रहेको सिकर्मी र डकर्मी दुबै समुह बिभाजन पुरा भई प्रशिक्षार्थीहरु उत्साहित र हौसलापूर्ण रुपमा तालिममा सहभागी रहेको देखिन्छ । शिवपुरी गाउँपालिकामा प्रचुर मात्रामा रहेको उच्च गुणस्तरका ढुङ्गा तथा काठहरुको सदुपयोगमा यो सीपमुलक तालिम कोषेढुङ्गा साबित हुने आशा रहेको छ । आधारभुत तालिम पश्चात सीप परिक्षण, प्रशिक्षार्थीहरु संगको निरन्तर संयोजन र दोस्रो चरणमा Advance level तालिम समेत प्रदान गर्न सके शिवपुरीलाई आवश्यक जनशक्ति उत्पादन र स्वरोजगारी सृजानामा ठूलो सफलता हात पर्न सक्ने भनाई तालिम प्रदायकहरुबाट प्राप्त भएको छ । तालिममा सहभागीहरु तालिमबाट आवश्यक सीप हासिल गरि स्वरोजगार हुने कुरामा आशावादी रहेको देखिन्छ  ।

Thursday, 13 February 2025

निःशूल्क बृहत आँखा शिविर संचालन सम्वन्धि जरुरी सूचना

निःशूल्क बृहत आँखा शिविर संचालन सम्वन्धि जरुरी सूचना

यहि २०८१ साल फागुन महिनाको १८ गते देखि २१ गतेसम्म तिलगंगा आँखा प्रतिष्ठानकाठमाण्डौजिल्ला सामुदायीक आँखा केन्द्रनुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको आयोजना र शिवपुरी गाउँपालिकाको संयोजकत्वमा निःशूल्क बृहत आँखा शिविर संचालन गरिने भएकोले आँखाका सम्पूर्ण विरामीहरुले आँखाको जाँच गराई भरपुर सेवा लिनुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

मिति तथा  स्थानहरु यसप्रकार रहेका छन

फागुन १८ गते थानापती स्वास्थ्य चौकीशिवपुरी ८

फागुन १९ गते सुनखानी स्वास्थ्य चौकीशिवपुरी ७

फागुन २० गते शिवपुरी आधारभुत अस्पतालशिवपुरी ५

फागुन २१ गते शिवालय आधारभुत विद्यालयशिवपुरी १

उपलब्ध हुने सेवाहरु

निःशूल्क आँखा परिक्षण तथा परामर्श, निःशूल्क आँखा सम्वन्धि औषधि वितरण, सहुलियत दरमा चस्मा वितरण तथा शिविरमा छनौट गरिएका मोतियाविन्दु भएका विरामीहरुलाई २०८१ फागुन २६ र २७ गते नेपाल रेडक्रस सोसाइटीजिल्ला शाखा नुवाकोटको भवनमा निःशूल्क अपरेशन सेवा प्रदान गरिनेछ

थप जानकारीको लागि जिल्ला सामुदायीक आँखा केन्द्रनुवाकोट फोन नम्बर ०१०५६०२५७

बद्रिनाथ लम्साल

प्रमुख प्रशासकीय अधिकृत

शिवपुरी गाउँपालिका


Tuesday, 11 February 2025

न्यूनतम रोजगारीको लागि बेरोजगार ब्यक्त्तिहरुले आवेदन फारम भर्ने सम्बन्धि सूचना

 

न्यूनतम रोजगारीको लागि बेरोजगार  ब्यक्त्तिहरुले आवेदन  फारम भर्ने सम्बन्धि सूचना

 

    यस गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रबाट प्रदान गरिने रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न इच्छुक सामाजिक र आर्थिक अवसरबाट बञ्चित विपन्न बर्गका महिला, आदिवासी, जनजाति, दलित तथा अन्य सिमान्तकृत समुदायका बेरोजगार व्यक्तिहरुले आफु स्थाई बसोवास गरेको वडा कार्यालयमा गई २०८१ साल फागुन मसान्त सम्ममा फारम भर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ  

आवश्यक कागजपत्रहरु : 

नेपाली नागरीकता प्रमाणपत्रको प्रतिलिपी प्रति 

पासपोर्ट साइजको फोटो प्रति  

नेपाली नागरिकता जारी भएको जिल्ला फरक भएमा बसाई सराई प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा समाबेश गर्नु पर्नेछ ।

हाल बेरोजगार सूचीमा सूचीकृत बेरोजगार ब्यक्तिहरुले पनि नविकरणको लागि फारम भर्नुहुन अनुरोध छ।

                                                                                

 

बद्रीनाथ लम्साल 

प्रमुख प्रशासकीय अधिकृत

शिवपुरी गाउँपालिका

शेराबगर, नुवाकोट